आमा (कविता)
आमा ! त्यो उज्यालो जुन हुन्
जसले, घरको औँशी , सर्लक्क निलिदिन्छिन्।
अनि गृहस्थीको पूर्णिमामा आफूलाई सधैं निरन्तरता दिन्छिन् आमा १ ममताको बाक्लो त्यो खास्टो हुन्,
जस्का, स्नेहका तापहरूले , पौषको ठान्दा नै बिर्साइदिन्छ
र माघ महिनाको तुषारोनै विलाइदिन्छिन्।
आमा ! सहनशीलता का फराकिला आकाशहरु हुन्
जस्ले गर्भदेखि चित्तासम्मका ,
करोडौं पीडाहरूका वोजन आफूभित्रै व्यवस्थापन गरेर ,
आफ्ना नयनहरुमा शालिनताका
स्रावण – भाद्र बोकेर पनि ,
सन्तानका भविष्यहरूका फाँट , सुन्दर र सुरक्षित बनाउन , आफूलाई सधैं
ती रंगीन इन्देणीहरुमा रुपान्तरित गर्छिन् ।
आमा ! जननी हुन् , आमा ! धर्ति हुन् !
आमा आशा हुन् , आमा भरोसा हुन् ।
आमा मेरो जीवनको पहिलो र अन्तिम दुवै कुशल शिक्षिका हुन् आमा ! मेरो जीत हुन् आमा मेरो प्रेरणा हुन्।
आमा ! मेरो कामना हुन्
जसले , कहिल्यै कसैसँग हार हुन सिकाइन्
आमा ! मेरो पूर्ण विश्वास हुन् , आमा मेरो दृढ संकल्प हुन् ।
जसले , कहिल्यै कसैसँग शीर निहुर्र्याउन सिकाइन्।
आमा सत्यको प्रतीक हुन्,
जस्ले सँधै नडगमगाई, मात्र सत्य बोल्न सिकाइन् ।
आमा ! मेरो आजको आत्मबल हुन्।
आमा ! मेरो ओठको मुस्कानहरु हुन् ।
आमा ! आशिर्वाद हुन्,आमा मेरो आदर्श हुन्।
आमा ! कर्म हुन् , आमा१ मेरो भाग्य हुन् ।
आमा ! मैले देख्ने दृश्यका ती सारा आकाश हरु हुन् ।
आमा ! मैले फेर्ने स्वासका हरेक धड्कनहरु हुन् ।
आमा ! मेरो मन मन्दिरको देवता हुन्।
आमा मेरो मन बचन र कर्मका सारथीहरू हुन्
आमा ! मेरो जिवनको सबथोक हुन् ।
आमा१ थिईन र त आज म छु ।
त्यसैले म भन्छु आमा मेरो जिवनको सबथोक हुन्१
आमा ! मेरो जिवनको सबथोक हुन्१
“आमा दिवसको हार्दिक शुभकामना !”
उर्मिला निर्दोषी
सेन्ट लुईस, अमेरिका
Facebook Comment