संसदमा ठाकुर र यादवको परस्पर विरोधी भनाइः ठाकुर तटस्थ, यादवले विपक्षमा मतदान गर्ने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतमाथिको छलफल चलिरहेको छ। छलफलका क्रममा प्रधानमन्त्री ओलीले सम्बोधनसहित प्रस्ताव राखेपछि दलका प्रमुख नेताहरुले आफ्नो भनाइ राखिरहेका छन्। चासोका साथ हेरिएको जनता समाजवादी पार्टीका नेताहरुले भने परस्पर विरोधी भनाइ राखेका छन्।
एक अध्यक्ष महन्थ ठाकुरले प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने बताएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गर्ने बताएका छन्। सम्बोधनका क्रममा ठाकुरले प्रधानमन्त्री ओलीको कडा आलोचनासमेत गरेनन्। बरु उनले आफ्ना मागहरु पूरा गर्न लागेको भन्दै धन्यावाद दिए। तर, प्रस्तावको पक्षमा मतदान दिन गाह्रो भएको बताए।
तर, उपेन्द्र यादवले भने आफ्नो समय सरकारको आलोचनामा खर्चिए। उनले ओलीले सम्भौता गर्ने तर कार्यान्वयन नगर्ने धोका दिने गरेको बताए। उनले आफूहरुले प्रस्तावको विपक्षमा मतदान गर्ने बताए।
Facebook Comment