बंगलादेशबाट ३२ हजार भाइल रेम्डिसिभर आउँदै

डिसी नेपाल
२८ वैशाख २०७८ १७:११

काठमाडौं। कोरोना संक्रमितको उपचारमा उपयोगी औषधि रेम्डिसिभर बंगलादेशबाट मंगलबार नेपाल आउन लागेको छ। मंगलबार ढाकाबाट ३२ हजार भाइल रेम्डिसिभर औषधि बोकेर हिमालय एयरलाइन्सको विमान काठमाडौं आउन लागेको हो।

सामाजिक सञ्जाल फेसबुकमा पवन आचार्यले ढाकामा सो औषधि विमान लोड गरिँदै गरेको तस्वीर सार्वजनिक गरेका छन्। स्रोतका अनुसार ३२ हजार भाइल मध्ये सरकारले १० हजार र निजी सप्लार्यसले २२ हजार भाइल ल्याउन लागेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार साँझ बंगलादेशबाट रेम्डिसिभर औषधि आइपुग्ने जानकारी दिए। उनका अनुसार सरकारले ल्याएको औषधि सरकारी अस्पतालमा वितरण गरिनेछ। सरकारी अस्पतालमाहरुमा सो औषधि निःशुल्क वितरण दिइने छ। सप्लार्यसले ल्याएको औषधिको मूल्य करिब ५ हजार तोकिएको प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार निजी सप्लार्यसले ल्याएको औषधि पनि स्वास्थय मन्त्रालयले दिएको अस्पतालहरुको सूचीअनुसार वितरण गरिने छ।

स्रोतका अनुसार निजी क्षेत्रको आयान हेल्थ केयर प्रालि कुपन्डोलले २२ हजार भाइल रेम्डिसिभर औषधि ल्याउन लागेको हो। सो कम्पनी अन्तर्गतका दुईवटा कम्पनी इन्सेफ्टा र वेकनले बंगलादेशबाट सो औषधि ल्याउन लागेका हुन्।

विमानस्थल स्रोतका अनुसार सो औषधि बोकेको हिमालय एयरलाइन्सको विमान काठमाडौं विमानस्थलमा मंगलबार साँझ ७ बजेपछि अवतरण गर्नेछ।
तस्वीरहरु पवन आचार्यको फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *