अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान ३१ मे (आगामी जेठ १७ गते)सम्मबन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गर्दै सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।
भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै हुने विज्ञप्तीमा उल्लेख छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ । यद्यपी एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।
प्रतिक्रिया
Facebook Comment