पाँच वर्ष कुनै पनि सरकार टिकेनन् : सबैभन्दा बढी सरकार चलाउने गिरिजाप्रसाद, त्यसपछि ओली

डिसी नेपाल
२९ वैशाख २०७८ ८:०१

काठमाडौं। संसदमा विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएका छन्। ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि (बिहीबार) सम्मको समयसीमा दिएकी छन्।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पलह गरेपनि निष्कर्षमा पुगेको छैन। जसपा र एमालेभित्र कै माधव नेपाल समूहले गर्ने निर्णयमा कांग्रेस सरकार बन्ने नबन्ने निर्भर गर्छ।

झण्डै दुई तिहाइ बहुमतको ओली नेतृत्वको सरकारले पनि जनादेश अनुसार पाँच वर्षसम्म शासन गर्न सकेन। त्यसो त पाँच वर्षको जनादेश पाएर पनि पाँच वर्षसम्म सरकार चलाउन नसक्ने ओली एक्ला प्रधानमन्त्री भने होइनन्।

२०४६ सालको राजनीतिक परिवर्तनपछि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षसम्म सरकार चलाएको रेकर्ड छैन। ०४६ को राजनीतिक परिवर्तनयता मुलुकमा २५ जना प्रधानमन्त्री भए। ती मध्ये कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षसम्म सरकार संचालन गर्न सकेनन्।

यो बीचमा दुई जना यस्ता प्रधानमन्त्रीले थिए, जसले पाँच वर्ष सरकार संचालनका लागि स्पष्ट बहुमत पाएका थिए। तर पार्टीत्रिको आन्तरिक किचलोका कारण उनीहरुले सरकार पाँच वर्षसम्म सरकारका चलाउन सकेनन्।

२०४७ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले स्पष्ट रुपमा बहुमतको सरकारको नेतृत्व गरेका थिए भने त्यसको त्यसको झण्डै ३० वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतको सरकारको नेतृत्व गरेका थिए।

ती दुवै प्रधानमन्त्रीले अन्य प्रधानमन्त्रीको तुलनामा सबैभन्दा धेरै समय सरकारको नेतृत्व गरेपनि आफूसँग भएको बहुमतको आधारमा पाँच वर्षसम्म सरकार संचालन गर्न असफल रहे।

२०४६ सालको राजनीतिक परिवर्तनपछि अन्तरिक सरकारको नेतृत्व गरेका कृष्णप्रसाद भट्टराईले ०४७ वैशाख ६ देखि ०४८ जेठ १२ सम्म जम्मा एक वर्ष मात्र सरकारकाे नेतृत्व गर्न पाए। त्यसपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला निर्वाचित प्रधानमन्त्रीको रूपमा ०४८ जेठ १२ देखि ०५१ मंसिर १४ सम्म तीन वर्ष सरकार चलाए । उनले सबैभन्दा धेरै झण्डै ४३ महिना सरकार चलाए।

०५१ मंसिर १४ देखि ०५२ भदौ २७ सम्म एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री बने। उनले जम्माजम्मी नाै महिना  सरकार चलाए। कांग्रेसका शेरबहादुर देउवा ०५२ भदौ २७ देखि ०५३ फागुन २९ सम्म प्रधानमन्त्री बने। उनले ५४७ दिन सरकार चलाए।

त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५३ फागुन २९ देखि ०५४ असोज २१ सम्म २०९ दिन मात्रै प्रधानमन्त्री बने । राप्रपाकै सुर्यबहादुर थापा ०५४ असोज २१ देखि ०५५ वैशाख २ सम्म १९० दिन प्रधानमन्त्री बने।

कांग्रेसका गिरिजाप्रसाद कोइराला ०५५ वैशाख २ देखि ०५६ जेठ १७ सम्म ४११ दिन प्रधानमन्त्री बने। त्यसपछि कांग्रेसकै कृष्णप्रसाद भट्टराई ०५६ जेठ १७ देखि ०५६ चैत्र ९ सम्म २९६ दिन प्रधानमन्त्री बने।

कांग्रेसकै गिरिजाप्रसाद कोइराला ०५६ चैत्र ९ देखि ०५८ साउन ११ सम्म ४९१ दिन प्रधानमन्त्री बने। फेरि कांग्रेसकै शेरबहादुर देउवा ०५८ साउन ११ देखि ०५९ असोज १८ सम्म ४३५ दिन प्रधानमन्त्री बने।

उनले संसद् विघटनको घोषणा गरेसँगै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए। त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५९ असोज २५ देखि ०६० जेठ २२ सम्म २३७ दिन प्रधानमन्त्री बने। त्यसपछि प्रधानमन्त्री बनेका  सूर्यबहादुर थापा ०६० जेठ २२ देखि ०६१ जेठ २१ सम्म ३६४ दिन प्रधानमन्त्री बने।

त्यसपछि कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा ०६१ जेठ २१ देखि ०६१ माघ १९ सम्म जम्मा २४३ दिन प्रधानमन्त्री बने।  त्यसपछि शासनसत्ता राजा ज्ञानेन्द्र शाहले आफ्नै हातमा लिए । ०६२ देखि ०६३ सालसम्म जम्मा ४४८ दिन शाहले शासनसत्ता सम्हाले।

देशमा जनआन्दोलनमार्फत ०५६ सालको प्रतिनिधिसभा पुनःस्थापना भएपछि ०६३ वैशाख १२ देखि ०६५ जेठ १५ सम्म गिरिजाप्रसाद कोइराला ७६४ दिन प्रधानमन्त्री बने।

त्यसपछि देशमा संविधानसभा निर्वाचन भयो र संविधानसभा निर्वाचनबाट पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल बने। दाहाल ०६५ जेठ १५ देखि ०६५ भदौ २ सम्म २८० दिनसम्म प्रधामन्त्री बने।

त्यसपछि एमालेका माधवकुमार नेपाल ०६६ जेठ ११ देखि ०६७ माघ २३ सम्म ६२२ दिन प्रधानमन्त्री बने। ०६७ माघ २३ देखि ०६८ भदौ १२ सम्म २०४ दिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री बने। त्यस्तै, ०६८ भदौ १२ देखि ०६९ चैत १ सम्म ५६३ दिन नेकपा माओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने।

तत्कालीन प्रधानन्यायाधिश खिलराज रेग्मी ०६९ चैत १ देखि ०७० माघ २८ सम्म ३३४ दिन प्रधानमन्त्री बने।  कांग्रेस सभापति सुशील कोइराला ०७० माघ २८ देखि ०७२ असोज २५ सम्म प्रधानमन्त्री बने।

०७२ असोज २५ देखि ०७३ साउन २० सम्म एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने। उनी  २९७ दिन प्रधानमन्त्री भए। त्यसपछि ०७३ साल साउन २० मा पुष्पकमल दाहाल प्रधानमन्त्री बने। उनले ३०८ दिन सरकार चलाए। उनीपछि ०७४ फागुन ३ गते शेरबहादुर देउवा पुनः प्रधानमन्त्री भए। उनले २५३ दिन सरकार चलाए। त्यसपछि ०७४ फागुन ३ देखि हालसम्म केपी शर्मा ओली प्रधानमन्त्री छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *