राष्ट्रिय सरकार गठन गरेर एक वर्षभित्र चुनाव गर्न बाबुरामको प्रस्ताव

डिसी नेपाल
२९ वैशाख २०७८ १०:४३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै यतिबेला नयाँ सरकार गठनमा दलहरु लागेका छन्। यद्यपी नयाँ सरकार गठनका लागि कुनै पनि दलसँग स्पष्ट बहुमत नरहेका कारण सरकार गठनमा ढिलाइ भइरहेको छ।

यसैबीच जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले संसदमा प्रतिनिधित्व गर्ने चार राजनीतिक दलको राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

बुधबार विहान ट्वीट गर्दै डा. भट्टराईले देशको संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा र वर्तमान/ पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वको राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेका हुन्।


उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति बनाउने, साझा न्युनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा संविधान संशोधन, आर्थिक राहत लागू गर्ने र एक वर्षभित्र सरकारले चुनाव गराउने प्रस्ताव अघि सारेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *