देउवाले ‘ए बाबा मेरो पुग्दैन’ भन्दाभन्दै हामी पु-याइदिन्छौं भनियो, त्यो कसरी ?

डिसी नेपाल
२९ वैशाख २०७८ ११:०३

काठमाडौं। सत्ता समीकरणसहित नयां प्रधानमन्त्रीमा दावी गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि एक दिन र केही घण्टा बाँकी छ। अहिलेसम्म कसरी नयाँ सरकार बन्न सक्छ भन्ने कुनै प्रष्ट खाका आएको छैन।

तर, हालका प्रधानमन्त्री ओलीलाई सत्ताबाट फ्याक्न उनकै दलका वरिष्ठ नेताहरु मरिमेटेर लागेका छन्। विपक्षी नेता देउवाको पक्षमा बहुमत पु-याउन आफू निर्वाचित भएको सांसद पदबाट राजीनामा दिएर देउवाका लागि मैदान खाली गरिदिनेसम्मको योजनामा काम भइरहेको छ।

समाचार स्राेेतका अनुसार, हालको संसद सदस्यबाट राजीनामा दिएर देउवालाई बहुमत पु-याइदिन योगदान गर्न तयार हुनेहरुमा एमालेका वरिष्ठ नेता तथा लगातार डेढ दशक पार्टीको महासचिव भई एक्लो कमाण्डर भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वअध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित प्रत्यक्ष निर्वाचित सांसदहरु योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुंङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा,कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, भीमबहादुर रावल, दिपकप्रकाश भट्ट र सुरेन्द्र पाण्डे छन्।

सुन्दा अनौठो पनि लाग्न सक्छ तर निर्वाचित सांसद पद नै छोडेर प्रधानमन्त्री बनाइदिन्छौं भनेपछि त्यसबापत के माग्ने हो भन्ने टुंगो हुनुपर्ने देउवाको जिकिर थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसमा उपाय निकालिदिएको बताइएको छ।

यसहिसावले देउवालाई १२६ मत भए देउवा देशको प्रधानमन्त्रीमा भोलि साँझ नै नियुक्त हुनसक्छन्। एमालेका २० ले राजीनामा दिएर मैदान खाली गरिदिएपछि थप दुई वा तीनजना मधेसी  सांसदहरु हत्याउन सके देउवा प्रधानमन्त्री बन्न सक्छन्।

प्रचण्डको उपायअनुसार, कांग्रेस सभापति देउवाले यी २० एमाले नेताहरुले तत्कालका लागि संसदबाट राजीनामा दिएर संसदको संख्या घटाउन सघाइदिएवापत उनीहरुकै ठाउँमा ६ महिनाभित्र हुने उपनिर्वाचनमा उनीहरुलाई साझा उम्मेद्वार बनाइदिनु पर्ने छ। र, यो आवश्वासनमा एमालेको यो समूह विश्वस्तजस्तो पनि देखिएको छ।

अर्थात् त्यही संसदको सदस्यता त्यागेर फेरि त्यही संसदका लागि उम्मेद्वार हुन यी २० एमाले वरिष्ठ नेताहरु प्रस्तावित छन् यो संसदको बाँकी अवधि अर्थात् एकवर्षका लागि। किनकि अव डेढ बर्षपछि नियमितरुपमा नै संविधानत नयाँ प्रतिनिधिसभाको अर्को चुनाव गराउनै पर्ने हुन्छ।

गत निर्वाचनमा कांग्रेसलाई रसातलमा पु-याएर कमजोर विपक्षीको हैसियतमा पु-याउने यिनै नेताहरु आफ्नो पार्टीको अध्यक्ष ओलीलाई सत्ताच्युत गरी पाता फर्काएर रिस फेर्न त्यही कमजोर कडी बनाइएको कांग्रेसको शरणमा पुगेका छन्।

‘ए बाबा मेरो बहुमत पुग्दैन भनेर जिद्दी गर्दैै आएका कांग्रेस सभापति देउवालाई हामी राजीनामा दिएर भए पनि पु-याइदिन्छौं ओलीलाई सबक सिकाइदिनुप-याे भन्दै दवावपूर्ण आग्रह गर्ने तहसम्म एमालेभित्रको दुश्मनी पुगेको छ।

देउवाले भने ओलीबाट पनि फाइदा लिइसकेका छन्। आफू अनुपस्थित भइदिएर पनि संवैधानिक परिषद्को बैठकबाट आफ्ना व्यक्तिहरुलाई संबैधानिक अंगहरुमा नियुक्ति गर्न देउवा सफल भइसकेका छन्। यता, नेपालपक्षबाट प्रधानमन्त्री भइदिनुप-याे बरु हामी संसद छाडिदिएर बहुमत दिलाइदिन्छौं भन्ने आग्रहले पनि देउवालाई सत्ताको हरियो घाँस देखाएकै छ।

आफ्नो पार्टीको अध्यक्ष ओलीलाई सत्ताच्युत गरी पाता फर्काएर रिस फेर्न त्यही कमजोर कडी बनाइएको कांग्रेसको शरणमा पुगेका छन्।’ए बाबा मेरो बहुमत पुग्दैन भनेर जिद्दी गर्दैै आएका कांग्रेस सभापति देउवालाई हामी राजीनामा दिएर भए पनि पु-याइदिन्छौं ओलीलाई सबक सिकाइदिनुप-याे भन्दै दवावपूर्ण आग्रह गर्ने तहसम्म एमालेभित्रको दुश्मनी पुगेको छ।

एमालेका उल्लेखित ठूला नेताहरुमध्ये सबै बीसैजनाले  संसदबाट राजीनामा दिए हाल २७१ को संख्यामा भएको संसदको अंकगणित २५१ जनामा झर्छ। यसअघि नै देउवा पक्षले १२४ भोट संसद जुटाइसकेको छ मधेस केन्द्रित दल राजपाको उपेन्द्र- बाबुराम पक्षसहित गरेर।

यसहिसावले उनलाई १२६ मत भए देउवा देशको प्रधानमन्त्रीमा भोलि साँझ नै नियुक्त हुनसक्छन्। एमालेका २० ले राजीनामा दिएर मैदान खाली गरिदिएपछि थप दुई वा तीनजना मधेसी  सांसदहरु हत्याउन सके देउवा प्रधानमन्त्री बन्न सक्छन्।

यो गणितले देउवा प्रधानमन्त्री कथमकदाचित बनिहाले पनि त्यही संसदबाट राजीनामा दिएर फेरि हुने उपनिर्वाचनमा त्यही संसदमा कांग्रेस, माओवादीसहितको उम्मेद्वार भएर भोट माग्न के एमालेका यी वरिष्ठ नेताहरु तयार होलान्?  यी नेता तयार भइहाले पनि के ती क्षेत्रका जनताले त्यही संसदबाट राजीनामा दिएर फेरि त्यही संसदमा किन जानुपर्यो भनेर प्रश्न गरे भने के जवाफ देलान्।

हाम्रो अध्यक्ष ओली निरंकुश भए, पार्टीमा हामीलाई पेले, सहमति गरेनन् त्यसैले तिनलाई सबक सिकाउन राजीनामा दियौं अब देउवाको सत्ता मजबुद बनाइदिन्छौं हामीलाई भोट देऊ भनेर माग्न यी नेताहरुलाई सम्भव होला ?

विश्वासको मत माग्दा पार्टी ह्वीप उल्लंघन गरेको आरोप लागेका समानुपातिकतर्फका एमाले सांसदहरु रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपानेलाई अनुशासनको कारवाही गरी पदमुक्त गर्ने र सो स्थानमा आफू समर्थक कार्यकर्तालाई सांसद बनाउने तयारीमा ओली रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *