गत २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण, १६८ जना मृतक थपिए
काठमाडौं । बुधबार नेपालमा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ३६२ जनाको पीसीआर र ४२४ एन्टीजेन परिक्षण गर्दा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६८ जना थपिएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या लाख १ हजार ६३४ रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।
हालसम्म कोरोनाको कारण ४ हजार २५२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment