बुटवलको कोरोना अस्पतालमा अक्सिजन नहुँदा ५ जनाको मृत्यु, अब आधा घण्टा पुग्नेमात्र अक्सिजन बाँकी

डिसी नेपाल
२९ वैशाख २०७८ १७:१६

काठमाडौं। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन सप्लाई नहुँदा अस्पतालको आईसीयूमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका डाक्टर विष्णु गौतमका अनुसार अक्सिजन सप्लाइ नभएपछि आईसीयूमा रहेका विरामीको मृत्यु भएको हो।

डा. गौतमले डिसी नेपालसँग फोनमा भने, ‘अक्सिजन नभएर विरामीको मृत्यु भएको छ। अब अब अस्पतालमा आधा घण्टाका लागिमात्र अक्सिजन बाँकी छ। त्यो समयमा अक्सिजन आएन भने जोखिम छ।’ उनका अनुसार सो अस्पतालमा १३६ जना विरामी भर्ना छन्। ती मध्ये १६ जना आईसीयूमा रहेकोमा ५ जनाको मृत्यु भएको छ।

उनले अक्सिजन आपूर्तिबारे प्रदेश सरकारले के गरेको छ भन्ने विषयमा आफूलाई केही जानकारी नभएको बताए। कोरोनाको दोस्रो लहरबाट लुम्बिनी प्रदेश सबैभन्दा धेरै प्रभावित छ। त्यसमा पनि बाँके र रुपन्देही सबैभन्दा धेरै प्रभावित छन्।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अक्सिजनको आपूर्ति व्यवस्था गरिरहेको बताइरहेका हुन्छन्। उनले दैनिक जसो स्टाटस लेख्दै अक्सिजनको आपूर्ति भइरहेको बताइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *