अत्याआवश्यक बाहेकका सहकारी बन्द गर्न र सक्दो सहयोग गर्न विभागको आग्रह
काठमाडौं। सहकारी विभागले देशमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सीमित जनशक्ति र सीमित ठाउँबाट मात्रै सेवा प्रवाहा गर्न सबै सहकारी संस्थाहरुलाई आग्रह गरेको छ। विभागले बुधबार सूचना जारी गर्दै मुलुकको सम्पूण संयन्त्र महामरी नियन्त्रण गर्न केन्द्रीत रहेको भन्दै सबै सहकारीहरुलाई भिडभाड नगरी सेवा प्रवाहा गर्न अनुरोध गरेको हो।
विभागले सबै सहकारी संघ संस्थाहरुलाई अत्यन्त जरुरी तथा अत्याआवश्यक कार्यहरु तथा सेवा बाहेकका सबै सेवा बन्द गर्न अनुरोध समेत गरेको छ।
यस्तै विभागले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ। हाल स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरणको अभाव देखिएको भन्दै सबैलाई सक्दो सहयोगको अपिल समेत गरिएको छ।
प्रतिक्रिया
Facebook Comment