नेपाल कोरिया अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

डिसी नेपाल
२९ वैशाख २०७८ २२:०२

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ । नगरपालिकाले करीब रु ६० लाखका लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज जानकारी दिए ।

अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेको र दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण शुरु गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *