माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेकाे निर्णय

डिसी नेपाल
३० वैशाख २०७८ ११:२६

काठमाडौं। नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ। बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *