बुढानिलकण्ठमा प्रचण्डसँगको छलफल सकियो, काँग्रेस पदाधिकारी बैठक जारी

डिसी नेपाल
३० वैशाख २०७८ १६:१३

काठमाडौं। नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन केही घण्टा बाँकीरहेका बेला दलहरुबीच आन्तरिक र बाह्य छलफलले तिब्रता पाएको छ। संसदमा रहेका एमाले, कााग्रेस माओवादी र जनता समाजवादी पार्टीहरु आन्तरिक तथा बाह्य छलफलमा व्यवस्था भएका हुन्।

विहीबार बिहानैबाट दलहरुले छलफललाई तिब्रता दिइरहेका छन्। यसैक्रममा प्रमुख विपक्षी पार्टी काँग्रेस सभापति शेरबहादुर देउवा र अर्को विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा एक घण्टा लामो छलफल भएको छ। ओली सरकारलाई विस्थापित गर्न भन्दै विपक्षीहरुको गठबन्धन बनाएका यी दुई नेताहरुबीच भएको छलफलमा ठोस निर्णय भने नभएको बताइएको छ।

यतिबेलासम्मको परिस्थितअनुसार विपक्षीहरुको नेतृत्वमा सरकार बन्ने अवस्था बनिसकेको छैन। जसपाको महन्थ ठाकुर पक्षले विपक्षीलाई समर्थन नगरेपछि र एमालेको माधव समूहले राजीनामा नदिएकाले विपक्षीहरुको सरकार बन्ने सम्भावना क्षिण हुँदै गएको छ। यस्तो परिस्थितिमा अन्तिम समयमा आवश्यक निर्णय देउवाले गर्ने गरी प्रचण्ड र देउवाबीचको छलफल टुंगिएको कााग्रेस निकट स्रोतले बताएको छ।

प्रचण्डसँगको छलफल सकिएपछि बुढानिलकण्ठमा काँग्रेस पदाधिकारीको बैठक शुरु भएको छ।

उता एमालेका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता पनि सकिएको छ। तर, वार्तामा के भयो भन्ने विषयमा बाहिर आइसकेको छैन।

त्यस्तै जसपाको महन्थ समूहले आफू निकट सांसदहरुलाई एक् रिजर्टमा राखेर छलफल गरेको छ। र आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको जसपा नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *