माओवादीले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

डिसी नेपाल
३० वैशाख २०७८ १७:१०

काठमाडौं। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा माओवादीले आकस्मिक रुपमा स्थायी कटिी बैठक बोलाएको छ । बुढानिलकण्ठमा कांग्रेस अध्यक्ष शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डको बैठक सकिएलगत्तै माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो । उता छलफल सकिएलगत्तै कांग्रेसको पनि पदाधिकारी बैठक बसिरहेको छ ।

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै गर्दा दलहरु छलफलमा जुटेका छन् । आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच पनि वार्ता भएको थियो । एमालेले नेपालसहित ४ नेताहरुविरुद्ध गरिएको कारवाही फिर्ता गर्ने निर्णय गरिसकेको छ र कारवाही फुकुवा गरेको पत्र चारै नेतालाई पठाइसकिएको छ । यस्तोमा अन्य दलहरु पनि छलफलमा जुटेका छन् । गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको आज अन्तिम दिन हो । अहिलेसम्म कांग्रेस, माओवादी र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह नयाँ गठबन्धनको पक्षमा छन् । महन्थ ठाकुर समूह भने नयाँ सरकार बनाउने पक्षमा छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *