सल्यान र गोरखामा जेठ १५सम्म निषेधाज्ञा थप

डिसी नेपाल
३० वैशाख २०७८ १८:२८

काठमाडौं । सल्यान र गोरखामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ । कोरोना संक्रमण दर वृद्धि हँुदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *