ठाकुर बालुवाटार पुगे, ओली गठबन्धनकै प्रधानमन्त्री बन्ने सम्भावना

डिसी नेपाल
३० वैशाख २०७८ १९:५९

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार गएका हुन्।

ठाकुर बालुवाटर पुगेसँगै ओली फेरि संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठबन्धन सरकारकै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। एमालेको १२१ सिट छ भने ठाकुरले १५ सांसदको सहर्थन दिलाए ओली फेरि गठबन्धन सरकारको प्रधानमन्त्री बन्नेछन्। गठबन्धन सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा बाँकी छ। ठाकुर समर्थन नदिइ तथस्ट रहे भने ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनेछन्।

विपक्षीहरुले बहुमत पुर्याउन नसकेपछि सरकार बनाउनका लागि दावी नै नगर्ने निर्णय गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *