कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

डिसी नेपाल
३० वैशाख २०७८ २३:०८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा आज सार्वजनिक गरेको हो ।

शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा info@nepalicongress.org ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले बताए ।

साथै डा प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने पार्टी कार्यालयले जनाएको छ । सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ । कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *