ठाकुर समूहले महतोलाई बनायो संसदीय दलको नेता, उपेन्द्र भन्छन्ः थाहा छैन

डिसी नेपाल
३१ वैशाख २०७८ १७:४०

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा विवाद चर्किएको छ। जसपाको महन्थ ठाकुर समूहले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको छ। तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले भने यो विषयमा आफूलाई र पार्टीलाई जानकारी नभएको बताएका छन्।

ठाकुर समूहले बहुमत सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको दावी गरेको छ। सो समूहले २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको दावी गरेको छ।

उता उपेन्द्र यादले भने, उनीहरुसँग बहुमत नरहेको दावी गरेका छन्। यादवले डिसी नेपालसाग भने, ‘संसदीय दलको नेता बनाएको थाहा छैन। उनीहरुसँग बहुमत छ भने त किन छापामारशैलीमा निर्णय गर्नुपर्यो र? दलको विधान बनाएर गरे भइहाल्थ्यो नी।’

अध्यक्ष यादवले अब पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा भने थप बोल्न चाहेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *