सिंहदरबारमा ओली र नेपाल समूहबीच छलफल जारी

डिसी नेपाल
३१ वैशाख २०७८ १८:५६

काठमाडौं। एमालेमा समानान्तर गतिविधि गरिरहेको वरिष् नेता माधव नेपाल समूह र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच छलफल शुरु भएको छ। सिंहदवारमा छलफल शुर भएको हो।

विहीबर भएको ओली–नेपाल वार्तामा कार्यदल बनाउने सहमति भएअनुसार शुक्रबार ओली र नेपालबीच वार्ता भएको हो।

छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन्। त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन्।

नेपाल समूहले विहीबार संसदबाट राजीनामा दिने तयारी गरेपछि भएको वार्तामा दुबै समूह पार्टीको विवाद समाधान गर्न सहमत भएका थिए। त्यसपछि राजीनामा रोकिएको थियो भने ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *