ओली–नेपाल वार्ताः २०७५ जेठ २ गतेकै सेरोफेरोमा सहमति खोजिने, कार्यदल बनाइने

डिसी नेपाल
३१ वैशाख २०७८ २१:५८

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधान गर्ने विषयमा भएको शीर्ष नेताहरुको छलफलमा पार्टीलाई २०७५ जेठ २ गतेकै वरिपरी रहेर सहमति गर्ने समझदारी भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफू निकट दलबलसहित शुक्रबार सिंहदरवारमा वार्तामा बसेका थिए।

शुक्रबार ७ बजे शुरु भएको वार्ता पौने १० बजेसम्म चलेको वार्तामा कार्यदल गर्ने सहमति भएको नेता भीम रावलले जानकारी दिए। उनले भने, ‘दुई नेताले कार्यदलका सदस्यहरुको नाम दिने सहमति भएको छ। २०७५ जेठ २ को वरिपरी सहमित खोजिने कुरा भएको छ।’ उनले कार्यदल कति सदस्यीय हुन्छ भन्ने विषयमा अध्यक्ष र वरिष्ठ नेताले टुंग्याउने बताए। उनले फेरि पनि वार्ता हुने जानकारी दिए।

एमाले जेठ २ को अवस्थामा फर्किँदा स्थायी कमिटीमा माधव समूह बहुमत हुनेछ भने जिल्ला कमिटीहरुमा पनि सो समूह स्पष्ट बहुमतमा हुनेछ।

तर, हाल ओलीले एमालेको नवौं महाधिवेशनले बनाएको संरचना भत्काउँदै केन्द्रमा महाधिवेशन आयोजक कमिटी बनाएका छन् भने जिल्लाहरुमा आफू निकट नेतालाई संयोजकको जिम्मेवारी दिएका छन्।

यस्तै नेताहरुको जिम्मेवारी पनि खोसिएको छ। अब सहमति जुटे माओवादी त्यागेर एमालेमा प्रवेश गरेका नेताहरुको व्यवस्थापन पनि एक महत्वपूर्ण विषय हुनेछ। शुक्रबार वार्ता गर्न जाँदा ओलीले माओवादी त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई पनि साथमै लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *