सामाजिक संजालमा रेल्वे कम्पनीका महाप्रबन्धक: न पदको गरिमा, न संस्कार बोलीमा

डिसी नेपाल
१ जेठ २०७८ ११:५२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले चरम नाकाबन्दी खेपिरहेका बेला मुलुकमा रेल र पानी जहाज ल्याउने बताएपछि उनी एकाएक चर्चित भए। ओली पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो। त्यस्तो बेलामा ओलीले रेल र पानी जहाज ल्याउने बताएका थिए।

देशमा रेल ल्याउने सुखी नेपाली, समृद्ध नेपाल बनाउने उनको लक्ष्य थियो या चर्चामा आउने कुरामात्र? यो समय र इतिहासले लेखाजोखा गर्ला।
प्रधानमन्त्री ओलीले रेलको विषय उठाउन गर्दा धेरैले उनको मजाक उडाएका थिए। यसो हुँदा उनले यी मजाकलाई यथार्थमा परिणत गर्नु थियो र गर्छु पनि भनेका थिए।

प्रधानमन्त्रीले आफ्नो लक्ष्य पूरा गर्न नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकका रुपमा २०७७ साल जेष्ठ २९ गतेको मन्त्रिपरिषद्को बैठकबाट गुरु भट्टराईलाई नियुक्ति गरे। उनको नियुक्ति सार्वजानिक भएयता उनको योग्यता र विज्ञतालाई लिएर धेरै प्रश्न र आलोचना भयो। यो भन्दा धेरै त उनको आचरण र जवाफदेहीतामा प्रश्न उठ्न थालेको छ।

नेपाल सरकारको एउटा जिम्मेवार पदधारण गरेको व्यक्ति नेकपा एमालेको कुनै कार्यकर्ता झैँ प्रधानमन्त्री ओलीको बचाउ गर्न र प्रधानमन्त्री ओलीको आलोचनात्मक टिप्पणी गर्ने पार्टी भित्र र बाहिरका प्रतिपक्षदललगायत ओली इतर सबै आलोचनात्मक अभिव्यक्तिको छुद्र भाषाबाट खण्डन गर्ने र गाली गर्ने उनको विषेशता बनेको छ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको बचाउ गर्न आलोचक र प्रश्नकर्ताहरुलाई तल्लो स्तरको गाली गर्ने अश्लील शब्द, तस्बिर पोष्ट गरेर आफ्नो असक्षमता लुकाउने भट्टराई प्रविृत्तबाट प्रधानमन्त्री स्वमं आलोचित बनेका छन्।

सरकारले गत वर्ष २ ओटा रेल किनेको थियो। तर रेल सञ्चालन गर्ने रेल्वे कम्पनीका भट्टराई जस्ता कर्मचारी आफ्नो कमजोरी लुकाउन सामाजिक सञ्जालमा तल्लो स्तरको गाली र प्रधानमन्त्री ओलीको बचाउ गर्नमै व्यस्त छन् भने रेल त्रिपालले छोपेर राखिएको अवस्था छ।

उनले सामाजिक सञ्जालमा आफ्नो पदीय मर्यादा भुलेर पत्रकार,नेता र स्वतन्त्र नागरिकको विषयमा लेखेका व्यक्तिगत केही निन्दाहरु यस प्रकारका छन्।

को हुन् त भट्टराई ?
भट्टराईलाई चिन्ने ब्यक्तिका अनुसार महोत्तरी, बर्दिवास  स्थायी घर उनी सिभिल इन्जिनियर पढेका  हुन्। तर, रेल सम्वधी उनले  र पनि जानेका छैनन्। रेल सेवा विस्तार गर्न नसकेको नेपालमा  प्रधानमन्त्री ओलीको पक्षमा तल्लो स्तरबाट बचाउ गर्न र आलोचकलाई गाली गर्न सिपालु ब्यक्ति महाप्रबन्धक बन्नु बिडम्बना नै हो।

रेलको विषयमा केही दक्षता नभएको व्यक्ति महाप्रबन्धक हुनु र आफ्नो काम, कर्तव्य र अधिकार भुलेर सस्ता टिप्पणीमा अल्झनु जनताले तिरेको करको दुरुपयोग पनि हो। उनी महाप्रबन्धक हुनु अगाडि नेपाल सरकारको कुनै पनि पदीय जिम्मेवारीमा रहेको थिएनन्।

उनी यो जिम्मेवारी पाउनु पहिले माल्दिभ्सको कुनै निर्माण कम्पनीमा आबद्ध थिए तर कुन र कस्तो कम्पनी हो भने प्रष्ट भएको छैन। यिनै भट्टराईको २०७७ माघ ३० गते एउटा अडियो क्लिप्स सार्वजानिक भएको थियो। उक्त क्लिप्समा प्रदेश २ का तत्कालिन प्रदेश प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवान सँग भनाभन परेको थियो।

उक्त अडियोमा पासवानलाई एक घण्टा भित्र अपहरण गर्न सक्छु, केपी ओलीको छोरा हुँ भन्दै धम्काएको र अश्लील गाली गरेको पनि सुन्न सकिन्छ। उनले गरेका केही टिप्पणी त यति अश्लील हुन्छन् कि सार्वजनिक रुपमा भन्न समेत मिल्दैन।

पछिल्लो समय प्रधानमन्त्री ओलीलाई बिवादमा ल्याउने काम भट्टराई जस्ता विभिन्न निकायमानियुक्ति पाउनेबाट भइरहेको छ के प्रधानमन्त्रीलाई यश कुराको हेक्का छ ? अहिलेलाई यति भनौं, गुरु भट्टराई जस्ता महाप्रबन्धकबाट प्रधानमन्त्रीको रेल ल्याउने संकल्प पूरा होला त ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *