कोभिडका कारण राप्रपा महाधिवेशन स्थगित

डिसी नेपाल
१ जेठ २०७८ १५:४१

काठमाडौं। काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्षत्रय सहित पार्टीको शीर्षस्थ नेताहरुको शनिबार (आज( काठमाडौंमा बसेको बैठकले कोभिड १९ को प्रभावका कारण आगामी महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

पार्टीले विज्ञप्ति जारी गर्दै महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ।

आगामी जेठ २२ देखि २५ गते सम्म काठमाडौंमा हुने भएको निर्वाचन मुलुकभर स्वास्थ्य संकट उत्पन्न भएपछि स्थगित गरिएको जनाइएको छ।

यस्तै बैठकले कोभिड १९ को उच्च संक्रमणलाई नियन्त्रण र व्यवस्थापनमा सरकारले कमजोर भूमिका खेलेको भन्दै चिन्ता प्रकट गरेको छ।

अस्पतालहरुमा अक्सिजन र बेडको अभावमा दैनिक सयौं मानिसले ज्यान गुमाउनु परेको भन्दै निजि क्षेत्र र अन्तर्राष्ट्रिय समुदायसँग पहल गरि वेड र अक्सिजनको समस्या समाधान गर्न तदारुकता देखाउन राप्रपाले सरकारसँग माग गरेको छ। कोभिड १९सँग जुधिरहेकाहरुलाई सुरक्षित तबरबाट सहयोग राप्रपाले आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेको छ।

त्यस्तै राप्रपा बैठकले पार्टीको निर्देशन समिति ५ दिन भित्र निर्माण गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *