उपेन्द्र समूहले जसपाको बैठक राखिरहेका बेला महन्थ ठाकुरले भनेः बैठक बोलाएकै छैन

डिसी नेपाल
१ जेठ २०७८ १७:१४

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजनतर्फ उन्मुख भएको छ। जसपा अध्यक्ष महन्थ ठाकुर समूहले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव समूहले कार्यकारिणी समितिको बैठक गरेको छ।

उपेन्द्र समूहले बैठक बोलाएपछि अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै आफूहरुले बैठक नबोलाएको बताएका छन्। गत वर्ष तत्कालिन संघीय समाजवादी र जनता पार्टीबीच पार्टी एकीकरण भएर जसपाको जनम भएको थियो। पार्टी एकीकरण भए पनि अझै सो पार्टीमा दुई पुरानै पार्टीको अभ्यास भइरहेको छ।

त्यसमाथि ओली सरकारबारे पार्टीको नीतिबारे जसपामा विवाद छ। ठाकुर समूहले ओली सरकारलाई समर्थन गरेको छ भने यादव समूह विपक्षी गठबन्धनमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *