उद्योगमन्त्री भट्ट र महावीर पुनबीच अक्सिजनबारे छलफल
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट शनिवार अपरान्ह महावीर पुन भेट्न राष्ट्रिय आविस्कार केन्द्र पुगेका छन्। राष्ट्रिय आविस्कार केन्द्रले गरिरहेका गतिविधि अवलोकन गर्न र अक्सिजनको उनि पुगेका हुन्।
कोरोना महामारीसँगै महावीरको नेतृत्वमा आविस्कार केन्द्रमा कोरोनासँग जुध्न विभिन्न उपकरणहरु निर्माण गरेर निःशुल्क बाँडिरहेका छन्। दोस्रो लहरको कोरना संक्रमणसँगै देशमा अक्सिजनको अभाव भएको बेला मन्त्री भट्टले अक्सिजनको अभावको विकल्पबारे छलफल गरेका थिए।
‘भोलि मन्त्रिपरिषदमा अक्सिजन अभावकोबारे विज्ञहरुसँगको थप सल्लाह अनुसार निर्णय गरिने छ,’ उनले संक्षिप्त जानकारी गराए। राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले मन्त्री भट्टलाई तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न समय लाग्ने भएकोले कन्सन्ट्रेटर जस्ता सस्तो र सुलभ मसिनले अक्सिजनको माग पुरा गर्न सकिने उनले सुझाव दिए।
यसको साथै कोरोना संक्रमणले चालु बजेटमा आधा भन्दा धेरै खर्च हुन नसकेको विकासको बजेट नागरीकको स्वस्थको लागी खर्च गर्नुपर्ने बताएका थिए ।
गत साल कोरोना महामारी सुरु भएसँगै केन्द्रले विभिन्न उपकरण बनाएर निःशुल्क वितरण गर्दै आएको हाल कोरोनाको दोस्रो लहरसँगै अक्सिजन प्लान्ट मर्मत , स्वस्थकर्मीलाई पीपीई वितरण गर्दै आएका छन्।
Facebook Comment