यस्तो दर्दनाक अवस्थामा पनि किन आएन ‘फरेन’ एड ?

डिसी नेपाल
३ जेठ २०७८ ६:४२

काठमडाौं। विश्व स्वास्थ संगठनले नेपालमा कोभिडको स्थिति दयनीय भएको जानकारी विश्व समुदायलाई दिइरहँदा हामीलाई मायाँ गर्ने मित्र राष्ट्रहरु किन चुपचाप छन्? सहयोग गर्नेहरु पनि नगन्य जिन्सीमा उपस्थित भइरहेका छन्। यसले के कुराको संकेत गर्छ? के कुटनीतिकरुपमा नेपाल विश्व बजारमा बिक्न छोडेको हो?

उसो त यी प्रश्नको जवाफ खोज्दै गर्दा र कोभिड प्रकोपले सताइरहँदा सरकार पहुँचवालाका सासुलाई राजदूत थमौती र छटनीमा व्यस्त थियो। यसले के जनाउ गर्छ भने कुटनीतिक रुपमा हामी कमजोर हुँदै गएका छौं।

मुलतः अहिले हाम्रो मानवीय संकटमा मल्हम लगाउन जापान र दक्षिण कोरीयाको नाम अग्रपंतिमा हुनुपर्ने हो। उसो त जापान पनि कोभिडको महामारीबाट अछुतो छैन। तर नेपालजस्तो सानो तर मित्रवत् सम्वन्ध भएको राष्ट्रलाई सहयोग गर्न नसक्ने अवस्थामा पनि छैन।

जापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु प्रतिभा राणा राजदूत छन्। उनको सक्रियता कोभिड महामारीमा जापानी सहयोगको शून्यताले नै देखाएको छ। सासु राजदूतका कारण कुटनीतिक क्रियाकलाप शून्य भएपछि जापान चुपचाप हुनु आश्चार्य होइन पनि। यस्तै अवस्था कोरियाको छ।

नेपाललाई सहयोग गर्ने देशमा कोरियाको नाम अग्रपंक्ति आउँछ। तर कोभिडको यो महामारीमा उ पनि चुपचाप छ। लामोसमयदेखि कोरियामा राजदूत नहुनु, पठाएकालाई पनि पूर्ण कार्यकाल काम गर्न नदिनुजस्ता कारणले उसँगको सम्वन्ध नचिसिएपनि सौहार्द छैन भन्ने बुझ्न गाह्रो छैन।

अष्ट्रेलिया सानै भएपनि महादेश हो। अष्ट्रेलिया पठाएका राजदूतको हालत त्यस्तै छ। लक्की शेर्पा ड्राइभरको तलवमा आँखा लगाएर उठेको विवादवापत फिर्ता हुनुपरयो। मुद्धा त्यो ठूलो होइन, उनलाई राजदूतमा छनौट गर्नुमा नै समस्या थियो।

विश्व स्वास्थ संगठनले नेपालमा कोभिडको स्थिति दयनीय भएको जानकारी विश्व समुदायलाई दिइरहँदा हामीलाई मायाँ गर्ने मित्र राष्ट्रहरु किन चुपचाप छन्? सहयोग गर्नेहरु पनि नगन्य जिन्सीमा उपस्थित भइरहेका छन्। यसले के कुराको संकेत गर्छ?

उनी फिर्ता भएपछि लामोसमय राजदूत पठाइएन। त्यसपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भागवण्डामा परेका महेश दाहाल कार्यकाल नसकिँदै फिर्ता बोलाइए। यस्तो विषम परिस्थितिमा कुटनीतिक वार्ता गर्ने कोही छैन।

र, अहिले सिफारिसमा परेकी सुम्निमा तुलाधर कुटनीतिमा कुनै अनुभव नभएकी एनजिओकर्मी हुन्। मानवअधिकार आयोगका सदस्य गौरी प्रधानकी पत्नी र वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी भएकै कारण राजदूत पद धानिन्छ त भनेर उनीमाथि औंला उठाउनेहरु धैरै छन्। कुटनीतिमा जानकारी राख्नेहरु भन्छन्, बरु गौरीलाई त्यो पद दिए निभाउँथे।

यता बेलायतजस्तो नेपालको पुरानो मित्रले समेत नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर सहयोग गरेझैं गरयो। जहाँ प्रतिदिन १ सय ५० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ। पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदुत छन् बेलायतमा।

प्रशासनमा रहँदा माथिल्ला पाँच विशिष्ट व्यक्तित्व र उनकै श्रीमतीबाहेक कसैको फोन रिसिभ नगर्ने भनेर चिनिएका रेग्मीको कुटनीतिक कौशलता कतातिर होला? के गरेर बसेका होलान् उनी?

उसो त भारतमा दोस्रो भेरियन्टको प्रकोप बढिरहँदा नेपालमा त्यसको असर छिटो हुने प्रक्षेपण भइरहेको थियो। यता सरकार विश्वासको मत लिने चक्करमा राजनीतिक खिचातानीमा व्यस्त थियो। सरकारले सहयोगको याचना गरेर समयमै विश्व समुदायमा आग्रह गर्न सकेको भए संभवत अक्सिजन नपाएर यति धेरै नेपालीले ज्यान गुमाउनु पर्ने थिएन।

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदुत छन् बेलायतमा।प्रशासनमा रहँदा माथिल्ला पाँच विशिष्ट व्यक्तित्व र उनकै श्रीमतीबाहेक कसैको फोन रिसिभ नगर्ने भनेर चिनिएका रेग्मीको कुटनीतिक कौशलता कतातिर होला? के गरेर बसेका होलान् उनी?

कोभिडले दिनको दुईसय जतिका दरले नेपालीको ज्यान लिँदा समेत सरकारको ध्यान अस्पताल, स्वास्थकर्मी, अक्सिजनका सिलिण्डर या निषेधाज्ञा लगाउने कुरामा केन्द्रित थिएन। आन्तरिकरुपमा वार्ता भए उनै जानुन् होइन भने देखिनेगरी विश्व समुदायसँग सरकारले सहयोग मागेको गतहप्ता मात्रै हो।

उपप्रधानमन्त्री इश्वर पोखरेलले अमेरिकी राजदूत रयाण्डी बेरीलाई आफ्नो कार्यलयमा बोलाएर सहयोगका लागि आग्रह गरे। तर त्यो भन्दाअघि नै अमेरिकी सेनेटर क्रिस मर्फीले भारतले खोप नदिएपछि नेपालमा कोभिडको स्थिति भयावह भयो, भनेका थिए।

यस्तै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलेसीसहित अमेरिकामा भएका नेपाली संघसंस्थाहरु, नेपाली मुलका मेरिल्याण्डको विधानसभा सदस्य ह्यारी भण्डारीले पनि नेपालमा कोभिड नियन्त्रणका लागि सक्दो सहयोग गर्न अमेरिकीसँग आग्रह गरेका थिए।

दुईदिन अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका आफ्ना ३० दूतावास, संयुक्त राष्ट्र संघका ३ वटा स्थायी नियोग र ६ बाणिज्य दूतावाससँग भर्चुअल बैठक गरेर कोभिडको महामारीसँग लड्न तत् तत् देशसँग सहयोग लिन कुटनीतिक पहल गर्नु भन्ने सन्देश प्रवाह गरेका छन्।

अहिलेसम्म अमेरिका बाहेक कुनै पनि मित्रराष्ट्रले हात फुकाएर नेपाललाई सहयोग गरेका छैनन् । अमेरिकाले आफ्ना विकासे साझेदार संस्थामार्फत ११२ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको छ। युरोपियन युनियनले २० लाख युरो सहयोग गरेको छ।

चीन, बंगलादेश, फिनल्याण्ड, थाइल्याण्ड र विदेशमा बसेका नेपालीसमेतले स्वास्थ उपकरण थोरै थोरै सहयोग गरेका छन्। यसबारे डिसी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भन्छन्, ‘केही मित्रराष्ट्रबाट सहयोगको प्याकेज घोषणा भइसकेको छ। केही मित्र राष्ट्रबाट सहयोगको प्रतिवद्धता भएको छ। केहीले अझ सहयोग थप गर्ने आशा छ।’

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *