साउदीस्थित नेपाली दूतावासका कर्मचारीलाई कोरोना पुष्टि, भौतिक सेवा बन्द

काठमाडौं । साउदीस्थित नेपाली दूतावासका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भौतिक सेवा बन्द गरिएको छ ।
यस अघि पनि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र पुनःथप कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले सूचनामार्फत जानकारी गराएको हो ।
तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ । अत्यावश्यक काम परेमा भने फोनमार्फत बिहान ९ बजेदेखि ४ बजेसम्म दूतावासमा सम्पर्क गर्न भनिएको छ ।
प्रतिक्रिया
Facebook Comment