श्रीमती अपरिचित पुरुषको अंगालोमा बेरिएको फोटो भेटेका श्रीमानले श्रीमती अझै भेटेनन्
![श्रीमती अपरिचित पुरुषको अंगालोमा बेरिएको फोटो भेटेका श्रीमानले श्रीमती अझै भेटेनन्](https://www.dcnepal.com/wp-content/uploads/2019/08/murderer_wife_arrested_1_1565071451_618x347.jpeg)
लमजुङ । लमजुङमा एक २४ वर्षीया महिला आफ्नो तीन वर्षीय छोरासहित बेपत्ता भएकी छन् । करिब एक महिनादेखि वेपत्ता उनी घर र माइतको सम्र्पकमा नआएपछि खोजीका लागि माइती पक्षले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।
समुदायमा कोभिड– १९ संक्रमणको त्रास फैलिईरहेको बेला लमजुङको मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सार गाउँकी २४ वर्षीया राजी रिमाल अछामी ३ वर्षीय छोरा संस्कारलाई लिएर बैशाख ९ गतेदेखि हराएकी उनकी आमा किलिमाया रिमालले बताइन् । ‘घर जान्छु भनेर गत बैशाख ९ गते भोर्लेटारबाट हिडेकी थिइन् । अहिलेसम्म पनि घरमा नपुगेको आमा किलिमायाले बताइन् ।
हराएको पर्सिपल्ट राजीले आमालाई फोन गरेर भारत जान लागेको भन्दै फोन गरेको र त्यसपछि फोन सम्पर्क नभएको आमा किलिमायाले बताईन् । छोरीले बोर्डरबाट फोन गरेको त्यसपछि फेरि सम्पर्क नभएको जानकारी घरमा गराएपछि सासु सोमा अछामीले बुहारी खोजी गरीदिन बैशाख ११ गते मध्यनेपाल नगरपालिकाको केन्द्रमा रहेको भोर्लेटारको इलाका प्रहरी कार्यालय र १५ गते घर नजिक मध्यनेपाल नगरपालिका– ३ को सोतीपसल प्रहरी चौकीमा निवेदन दिएको बताइन् । ‘प्रहरीबाट आजका मितिसम्म पत्ता लागेको जानकारी आएको छैन ।’ उनले भने ।
वेपत्ता राजी रिमालका श्रीमान् सुर्य अछामीले आफू कतारमा रहेको बेला श्रीमती हराएको खबर पाएपछि बैशाख तेस्रो साता घरमा आएर श्रीमतीको खोजीमा लागेको तर फेला नपरेको बताए ।
घरपरिवारको सम्पर्कमा नरहेकी श्रीमतीले नयाँ नामको फेसबुक आईडी बनाएर अपरिचित पुरुषको अंगालोमा बेरिएको तस्विर केहीदिन अघि पोष्ट गरेको भेटेपछि स्क्रिन सर्ट गरेर प्रहरीमा उपलब्ध गराएको समेत सूर्यले बताए । उनले भने, ‘यतिबेला धनको श्रीमतीको भन्दा पनि नावालक छोराको निकै चिन्ता लागेको छ ।’
सम्पर्क बिहीन राजीका बुबा र भाइहरू पञ्जाबमा रहेको र उनीहरूकै आसपासमा भएको जानकारी राजीकी आमा किलिमायाले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गजदिश रेग्मीले बताए ।
उनका अनुसार ती महिला यतिबेला भारतको पञ्जाबमा रहेको बुझिएको तर कोभिड– १९ रोकथाम र न्युनीकरणका लागि विभिन्न स्थानमा जारी निषेधाज्ञका कारण तुरुन्तै उनलाई नेपाल झिकाउन सकिने अवस्था छैन । उनले भने, ‘त्यस घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढिरहेको छ ।’ राजधानी दैनिकबाट
Facebook Comment