मध्यराति महन्थ बालुवाटारमा, ओलीले दिए रणनीति फेरिएको संकेत

डिसी नेपाल
४ जेठ २०७८ १०:२९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमबार राति १० बजे जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एक्लै बालुवाटार बोलाएर आगामी रणनीतिबारे छलफल गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार, जसपा नेता ठाकुरसँग झण्डै एक घण्टा कुराकानी भएको थियो। प्रधानमन्त्री ओलीले आफ्नो पुरानो रणनीतिमा केही फेरबदल भएको संकेत जसपा नेता ठाकुरलाई दिनका लागि बालुवाटार बोलाएका हुन्।

समाचारस्राेतका अनुसार प्रधानमन्त्री ओली तत्काल विश्वासको मत लिने, त्यसमा जसपा तटस्त बस्दा आफूले विश्वासको मत नपाउने अवस्था आउने र त्यसो भएका संविधानको धार ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिबाट बहुमत सिद्ध गर्ने प्रतिनिधिसभा सदस्यलाई नयाँ सरकारका लागि आह्वान हुने तर महन्थ ठाकुर तटस्त बसिदिँदा कुनै पनि सदस्यले बहुमत नपाउने अवस्था आउने रणनीतिमा थिए।

पछिल्ला राजनीतिक घटनाक्रमहरुका कारण ओली विश्वस्त हुन नसकेपछि उनले रणनीति फेर्नेबारे छलफल शुरु गरेका हुन्। जसअनुसार, उनी अब महन्त ठाकुरलाई तटस्त बस्न होइन कि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्। एमालेको १२१ र ठाकुरका १७ जना सांसदहरुले ओलीको सरकार बहुमतमा पुग्छ। बहुमतका लागि १३६ जना सांसदको आवश्यकता छ।

तर, पछिल्ला राजनीतिक घटनाक्रमहरुका कारण ओली विश्वस्त हुन नसकेपछि उनले रणनीति फेर्नेबारे छलफल शुरु गरेका हुन्। जसअनुसार, उनी अब महन्त ठाकुरलाई तटस्त बस्न होइन कि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्। एमालेको १२१ र ठाकुरका १७ जना सांसदहरुले ओलीको सरकार बहुमतमा पुग्छ। बहुमतका लागि १३६ जना सांसदको आवश्यकता छ।

स्रोतका अनुसार, साेमबार मध्यरातिको बैठकमा ओलीले जनता समाजवादी पार्टीले पार्टीगत रुपमै आफ्नो सरकारलाई समर्थन गर्न ठाकुरलाई आग्रह गरेका थिए। पार्टीगतरुपमा समर्थन गर्न पार्टीमा र संसदीय दलमा बहुमत आवश्यक हुन्छ।

संसदीय दलमा ठाकुरको बहुमत भए पनि पार्टीमा संख्या तलमाथि भइरहेको अवस्था छ। यस्तो अवस्थामा महन्तले पार्टीगतरुपमै ओलीलाई समर्थन रहेको पत्र लेख्दा ओलीको सरकार संविधानको धारा ७६ को २ अनुसार बन्न जाने र त्यसले तत्काल प्रतिनिधिसभा भंगको घोषणा नहुने अवस्था रहन्छ।

अध्यक्ष ठाकुरले ओलीलाई आफूले पार्टीगतरुपमै पत्र लेखरे समर्थन गर्दा जसपा औपचारिकरुपले विभाजन हुने र आफ्नो कदमबाट विभाजनतिर जान आफू तयार नभएको संकेत दिएका छन्।

‘यो सल्लाहमात्र हो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले डिसी नेपालसँग भने, ‘७६(२) को सरकार बनाउने कि विघटनमा जानलाई तत्काल विश्वासको मतको आह्वान गर्ने भन्ने निर्णय चाडै हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *