दैलेखमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु

काठमाडौं। दैलेखमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। जुम्लाबाट सुर्खेत आउँदै गरेको जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार बा २० च ७१५ नम्बरको जिप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार दुर्घटनामा परी जिप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको हो।
कर्णाली राजमार्गबाट करिव ५०० मिटर तल खसेको जीपमा दुई जनामात्र सवार देखिएको प्रहरीले जनाएको छ। मंगलबार विहान साढे ६ बजे जिप दुर्घटना भएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment