कोरोना कहरमा पनि रोकिएनन् पचालझरनामा विकासी काम

सुर्खेत। कालिकोटको पचालझरना गाउँपालिकामा कोरोना कहरमा पनि विकासी कामहरु रोकिएका छैनन्। गाउँपालिकाले भौतिक पूर्वाधार तर्फका कामहरुलाई स्थानीय स्तरमा सामाजिक दुरी कायम गरी कामहरुलाई निरन्तर अगाडि बढाएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए।
अध्यक्ष सेजुवालका अनुसार पालिका भरीका समग्र भौतिक पूर्वाधार तर्फकाका कामहरु विद्यालय भवन, सिचाँई कुलो, सडक निर्माण लगायतका कामहरु सामाजिक दुरी कायम गरी निरन्तरता दिएको छ।
‘कोरोना भाइरसका कारण पालिका भित्रको विकासी काममा पछि असर पर्न सक्छ त्यसैले बेलैमा सामाजिक दुरी कायम गरेर भए पनि कामलाई निरन्तरता दिएर सम्पन्न गर्ने योजना बनाएका छौ, ‘पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने,’ ‘मुख्यमन्त्री रोजगार, र प्रधानमन्त्री रोजगार कामको पालिका भरी अनुगमन गरेर काम सम्पन्न गर्न निर्देशन दिएका छौं।’
गाउँपालिका भित्रका कोरोना संक्रमित विरामीहरुको लागि व्यवस्थापन मिलाउन राम्नाकोट कैफुको नयाँ भवनलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने र गाउँपालिका भरी पिसिआर चेक गर्नको लागि काम भैरहेको पनि अध्यक्ष सेजुवालले भनाइ छ।
Facebook Comment