जसपाको संसदीय दलको नेता महतो हुन् ? संसद सचिवालयमा दुई अध्यक्षका फरक फरक पत्र

डिसी नेपाल
४ जेठ २०७८ १७:११

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनको विावदले संसद सचिवलायसमेत रनभुलमा परेको छ। जसपाका दुई अध्यक्षले फरक फरक पत्र पठाएपछि सचिवालय कुनै निर्णयमा पुग्न सकेको छैन।

जसपाका एक अध्यक्ष महन्थ ठाकुरले मंगलबार संसद सचिवालयलाई पत्र पठाउँदै जसपा संसदीय दलको नेता वरिष्ठ नेता राजेन्द्र महतो चयन भएको जानकारी दिएका छन्। उनले पत्रमा पार्टीको संसदीय दलको विधानअनुसार महतो संसदीय दलको नेता चयन भएको उल्लेख गरेका छन्।

तर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले जेठ २ गते नै संसदीय दलको विधान नै नबनको र दलको नेतासमेत चयन नभएको जानकारी दिएका छन्। उनले पार्टीको कार्यकारिणी समितिले संसदीय दलको विधान अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै विधान नै नबनको अवस्थामा संसदीय दलको नेता चयन हुन नसक्ने भन्दै नेता चयन नभएको भन्दै सचिवालयलाई जानकारी दिएका छन्।

यो पत्र प्रकरण सार्वजनिक हुनुअघि जसपाका दुबै अध्यक्षले मंगलबार सँयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको कार्यकारिणी समिति बैठक बोलाउने सहमति भएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *