एमाले कार्यदलको बैठकमा के भयो?

डिसी नेपाल
४ जेठ २०७८ १७:२६

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि प्रतिवेदन दिन बनेको १० सदस्यीय कार्यदलको मंगलबार पहिलो बैठक बसेको छ। बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने निर्णय गरेको छ।

यस्तै पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरिएको छ।

यस्तै बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको छ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल् र शंकर पोखरेल सदस्य छन्। यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *