देशभर १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

डिसी नेपाल
४ जेठ २०७८ १८:२४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको छ । जसमध्ये ३९ हजार २४५ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।

 

देशभरका ४१ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ । प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, प्रदेश नं. २ मा सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सल्यान रसुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं. १ मा ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा, प्रदेश नं. २ मा सिराहा र सर्लाही तथा वाग्मती प्रदेशमा दोलखा र रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा लमजुङ, पर्वत र म्याग्दी, लुम्बिनी प्रदेशमा रोल्पा र कर्णाली प्रदेशमा जाजरकोट, दैलेख, सल्यान र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा डोटीमा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

मंगलबार नेपालमा ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९७९ जनाको पीसीआर र ६९३ एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार १३६ र ६७ जना गरी ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९६ जना थपिएका छन् भने ६ हजार ८९१ जना निको भएका छन् ।

हालसम्म कोरोनाको कारण ५ हजार ४११ जनाको मृत्यु भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *