गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

डिसी नेपाल
५ जेठ २०७८ १६:१९

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रीपरिषद विस्तार गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको सपथन गराएकी हुन्।

पुनः नियुक्त मध्य यस अगाडि गुरुङले आर्थिक मालिमा तथा योजना मन्त्रालय, लम्सालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

यस अगाडि युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त राजिव गुरुङ प्रदेश बाहिर रहेकाले बुधबारको सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिएनन्। मुख्यमन्त्री गुरुङ कोभिड– १९ बाट सङ्क्रमित भएकाले मुख्यमन्त्री नियुक्त भएको एक सातापछि मात्र मन्त्रीपरिषद विस्तार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *