एमाले फुटाउने आजको चुनाव, बादलको राजनीति दाउमा, नेपालपक्ष संकटमा

डिसी नेपाल
६ जेठ २०७८ ८:०५

काठमाडौं । राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि आज बागमती प्रदेशबाट गृहमन्त्री रामबहादुर थापा बादल र एमालेका क्रियाशील सदस्य डा.खिमलाल देवकोटाबीच तीब्र प्रतिष्पर्धा हुँदैछ।

नेकपा एमालेले आफ्नो आधिकारिक उम्मेद्वारका रुपमा माओवादीका पूर्व कमाण्डर रामबहादुर थापा बादललाई उभ्याएको छ भने एमालेका बिरुद्ध अन्य सबैदलले एमालेकै माधव नेपाल पक्षका डा. देवकोटालाई उम्मेद्वार बनाएको छ।

आफूलाई छोडेर गएकोमा बादललाई जसरी पनि हराउने एकसूत्रीय अभियानमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट नभई एमालेकै अर्को गुटबाट उम्मेद्वारी दिलाउन सफल भए।

नेपाली कांग्रेस र माओवादी केन्द्रका लागि यो चुनाब चिरिइसकेको एमालेलाई दुई टुक्रा पार्न महत्वपूर्ण हुन सक्छ यदि देवकोटाले जित हात पार्न सकेको खण्डमा।

पार्टीको आधिकारिक उम्मेद्वार बादलका बिरुद्ध आफैंले उठाएको उम्मेद्वारलाई भोट नदिऊँ पनि राजनीतिक बेइमानी हुने, दिऊँ भने पनि पार्टी निर्णय र ह्वीप विपरीत हुने संकटग्रस्त अवस्थामा पार्टीका बरिष्ठ नेता माधव नेपाल र उनको समूह पुगेको छ।

नेपाल निकट स्रोतका अनुसार, डा.देवकोटालाई नै मतदान गर्न नेपाल समूहले आफ्ना विश्वासपात्रहरुलाई निर्देशन दिएको छ। तर, आमरुपमा सो समूहले देवकोटालाई मत दिन आह्वान गर्न सकेन किनकि नेपाल समूह र ओलीसमूहबीच पार्टीभित्रको विवाद समाधानसम्बन्धी कार्यदल नै बनाएर बार्ता भइरहेको अवस्थामा पार्टीको आधिकारिक उम्मेद्वारलाई मत नदेऊ भन्नु पार्टीविरोधी काम ठहर हुन्छ।

डा.देवकोटालाई नै मतदान गर्न नेपाल समूहले आफ्ना विश्वासपात्रहरुलाई निर्देशन दिएको छ। तर, आमरुपमा सो समूहले देवकोटालाई मत दिन आह्वान गर्न सकेन किनकि नेपाल समूह र ओलीसमूहबीच पार्टीभित्रको विवाद समाधानसम्बन्धी कार्यदल नै बनाएर बार्ता भइरहेको अवस्थामा पार्टीको आधिकारिक उम्मेद्वारलाई मत नदेऊ भन्नु पार्टीविरोधी काम ठहर हुन्छ।

एमालेबाट बाहिरिने अवस्थामा पुगिसकेको नेपाल समूहलाई वार्ताको माध्यमबाट स्पेस दिने काम पनि यही निर्वाचन र संसदको अंक गणितको खेलले गरेको छ। चेपुवामा परेको नेपाल पक्षले पार्टीका आधिकारिक उम्मेद्वार बादलका पक्षमा मत नदिए पार्टीको आन्तरिक समस्या समाधानसम्बन्धी कार्यदल भंग हुने चेतवानी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिइसकेका छन्।

जसपाका अध्यक्ष महन्त ठाकुरको समूहले ओलीको विपक्षमा पनि नजाने र तटस्थ बस्ने निर्णय गरेकाले संसदमा विश्वासको मत पाउने अवस्थाको अन्त्य भइसकेको छ। त्यसैले संसद विघटनमात्र ओलीको विकल्प बाँकी छ। उनलाई अव केही दिन वा हप्तापछि संसदको अंकगणित आवश्यक छैन।

यता, पार्टी एकताको प्रयास हुँदा हुँदै आधिकारिक उम्मेद्वारका विरुद्ध नेपाल पक्षले घात गरेको प्रमाणित भए ओलीको पक्ष पार्टीभित्रको आन्तरिक राजनीतिमा अझ मजबुत हुने र नेपाल समूहलाई तलदेखि माथिसम्मै पाखा लाउन सकिने दाउमा छ।

यो चुनावले गृहमन्त्री बादलको प्रतिष्ठा र राजनैतिक भविष्य दाउमा त राखेकै छ त्यसमाथि पनि उनी पराजित भइहाले बादलका नाममा एमालेभित्र आफूविरोधीहरुलाई सफाया गर्ने मिसन चलाउन ओलीलाई मार्ग प्रशस्त पनि गर्ने छ। यस्तो बेला ओलीबाट छुट्टिनुको विकल्प नेपालपक्षलाई हुने छैन।

तर, पार्टीको चुनाव चिन्ह र नाम छाडेर भविष्य भएका युवा नेताहरु कसरी नेपालको पक्षमा लागेर नयां पार्टी शुरु गर्लान् र फेरि शून्यदेखि पार्टी निर्माण गर्लान् भन्ने प्रश्न पनि उत्तिकै पेचिलो छ। यो प्रश्नले नेपाल समूह अझ खिइन सक्नेतर्फ सकेत गर्दछ।

र, ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन जसरी पनि देउवाको पक्षमा बहुमत जुटाउने नेपालपक्षको प्रयास यही कारण कमजोर भएको धेरै भएको छैन। किनकि पार्टीको निर्वाचित सांसद पदबाट राजीनामा दिएर देउवाका लागि मार्ग प्रशस्त गर्न तयार केही प्रभावशाली युवा नेताहरु अन्तिम अवस्थामा तयार नभएको विषय सार्वजानिक भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *