राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

डिसी नेपाल
६ जेठ २०७८ १०:०८

काठमाडौं। राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ। मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन्।
बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन्। तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन्।

उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन्। राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन्।

उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *