प्रधानमन्त्री ओली राजीनामा दिने तयारीमा, विश्वासको मतका लागि प्रयास नै नगर्ने

डिसी नेपाल
६ जेठ २०७८ १८:१९

काठमाडौं। गत वैशाख ३० मा अल्पमतको सरकार बनाएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार संसदमा विश्वासको मत लिनका लागि प्रयास नै नगर्ने रणनीतिमा पुगेका छन्। उनले त्यसअघि नै राजीनामा दिने तयारी गरेका छन्।

विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही दिनमात्र अगाडि आफूले विश्वासको मत नपाएको र अब पनि पाउने सम्भावना नरहेको भन्दै विश्वासको मतका लागि प्रयास नगर्ने बताएको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले अब संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि आफूले मार्गप्रस्सत गर्ने बताएका थिए।

संविधानको धारा ५ मा प्रतिनिधिसभाको कुनै पनि सदस्यले आफूले विश्वासको मत लिन सक्छु भन्ने आधार देखाए उसलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। प्रधानमन्त्री ओलीले यही प्रक्रियाका लागि राजीनामा दिने तयारी गरेका हुन्।

संसदबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि ओलीले पार्टीमा पनि आफू निकटहरुसँग सघन छलफल गरिरहेको बालुवाटार स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीको ध्यान संसद विघटन गरेर चुनावमै जाने रहेको छ।

तर, धारा ७६ को उपधारा ५ अनुसार ओली नै पुनः प्रधानमन्त्री बन्छन् वा बन्दैनन् त्यो भने धेरेहदसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा भर पर्नेछ। किनकी अहिलेको संसदके गािण्तअनुसार कसैले पनि ३० दिन भित्र विश्वासको मत लिन सक्छु भन्ने आधार देखाउने सम्भावना छैन। विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको एक हप्तामात्र भएको छ। प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएको पनि केही दिनमात्र भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *