राष्ट्रपतिबाट दुई अध्यादेश जारी

डिसी नेपाल
६ जेठ २०७८ १८:४९

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा शपथ ग्रहण सम्बन्धी अध्यादेश २०७८ र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन्।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तपछि राष्ट्रपतिबाट ग्रहण गरेको शपथ विवादमा परेको थियो। शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्दलाई ‘त्यो पर्दैन’ भनेपछि सो विषयमा सर्वोच्चमा मुद्दासमेत परेको थियो।

सर्वोच्चले अन्तरिम आदेश नदिए पनि कारण देखाऊ आदेश भने दिएको छ। नेपालको संविधानको धारा ८० मा संघीय कानुन बमोजिम शपथ ग्रहण हुने उल्लेख भए पनि हालसम्म शपथ ग्रहण सम्बन्धी कानुन नै बनेको थिएन। त्यसैले सरकारले अध्यादेशमार्फत कानुन बनाएको हो।

अर्को तर्फ सरकारले कोरोना महामारी नियन्त्रणका लागि मौजुदा कानुनले नहुने बताउँदै आएको थियो। त्यसैले अध्यादेशमार्फत कोरोना संकटबारे पनि कानुन बनाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *