एक दिनको समय दिएर राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आव्हान

डिसी नेपाल
६ जेठ २०७८ २०:१७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्। विहीबार अबेर सूचना प्रकाशित गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई आव्हान गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा विश्वासको मत पाउने अवस्था नदेखिएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकर गठनको प्रक्रिया शुरु गर्न भनेअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन्। शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *