नयाँ सरकार गठनका लागि राष्ट्रपतिले गरेको आव्हानमाथि नै माओवादी प्रवक्ताको प्रश्न

डिसी नेपाल
६ जेठ २०७८ २०:२८

काठमाडौं। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले विहीबार साँझ नयाँ सरकार गठनका लागि आव्हान गरेपछि देश नयाँ राजनीतिक अन्यौलतर्फ धकेलिएको छ। नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा नदिई वा पदमुक्त नभई सिफारिस गर्न मिल्ने वा नमिल्ने विषयमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन्।

उनले डिसी नेपालसँग भने, ‘यो राष्ट्रपतिको आव्हान संविधान सम्मत छ कि छैन भन्ने पार्टीमा छलफल हुन्छ, विज्ञहरुसँग पनि छलफल हुन्छ। त्यसपछि पार्टीको औपचारिक धारणा आउँछ।’ तर व्यक्तिगत रुपमा भने यो आव्हान आफूलाई संविधानसम्मत नलागेको उनले प्रारम्भिक प्रतिक्रिया दिए।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *