काँग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आव्हान गरेपछि काँग्रेसले बैठक बोलाएको हो।
काँग्रेस मुख्यसचिब कृष्णप्रसाद पौडेलले राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गरेको विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजेका लागि वर्तमान तथा पूर्व पदाधिकारी बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।
प्रतिक्रिया
Facebook Comment