कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

डिसी नेपाल
७ जेठ २०७८ १०:१०

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वानका विषयमा छलफल भइरहेकाे छ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला महामन्त्री पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव पुर्व उपसभापति गोपालमान श्रेष्ठ, पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला, पुर्ब महामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य रमेश लेखक डा. प्रकाश शरण महत प्रमुख सचेतक बालकृष्ण खांड सचेतक पुष्पा भुसाल नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेल लगायत सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *