अष्ट्रेलियाले नेपाललाई ६३ करोडबढी सहयोग गर्ने

काठमाडौं । अष्ट्रेलियाले कोभिड–१९ का विरुद्ध नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) सहयोग गर्ने भएको छ । अष्ट्रेलियाली दूतावासले आज(शुक्रबार) विज्ञप्तमार्फत उक्त सहयोग दिनेबारे जानकारी गराएको हो ।
विज्ञप्तीका अनुसार नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई दिने घोषणा गरिएको हो ।
अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment