‘मलाई सरकार चलाउन मन नै छैन, म दिक्क भइसकें’

डिसी नेपाल
७ जेठ २०७८ १४:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नै नभएको प्रस्ट पारेका छन् । सरकारलाई कसैले पनि समर्थन नगर्ने र साथ नदिने बरु दिनैपिच्छे असहयोग, बदनाम गर्ने प्रयास र चरित्रहत्याबाट आफू दिक्क भइसकेको उनले बताए । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा किन पदबाट राजीनामा नदिएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सरकार चलाउन मन नै नभएकोले वैकल्पिक सरकार गठनको लागि माग्र प्रशस्त गरिदिएको बताए ।

आफूलाई सरकार चलाउन मन भएको भए आफू विश्वासको मत लिन जाने बताउँदै प्रधानमन्त्रीले आफूलाई सरकार चलाउन मन नै नभएकोले आफूले विश्वासको मतको कर्मकाण्ड गर्न नचाहेको बताए । ‘मलाई सरकार चलाउन मन भएको भए विश्वासको मत लिन जान्थें, विश्वासको मत लिएर सरकार चलाउँथे तर मलाई सरकार चलाउन मन नै छेन त्यसैले विश्वासको मतको झमेला गर्नुभन्दा पहिले नै बाटो खोलिदिएको हुँ’ उनले भने ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटन नै हुने संकेत गरे । उनले राष्ट्रपतिले गरेको आह्वानअनुसार आफू राष्ट्रपतिकहाँ संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बन्नको लागि विश्वासको मत लिन सक्ने आधारसहित जाने र प्रधानमन्त्री बन्नको लागि दावी पेश गर्ने प्रस्ट पारे । उनले आफू यसरी प्रधानमन्त्री बनिसकेपछि पनि विश्वासको मत नपाएमा संविधानअनुसार प्रतिनिधिसभा विघटन हुने र त्यसो भएमा आफूलाई दोष लगाउन नपाइने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *