१४९ सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु शीतल निवासमा

डिसी नेपाल
७ जेठ २०७८ १५:४१

काठमाडौं। विपक्षी दलहरुले सरकार बनाउनका लागि राष्ट्रपति समक्ष दावी गर्ने भएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलहरु काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको बैठकले सरकार बनाउने दावी पेश गर्ने निर्णय गरेको हो।

बैठकपछि काँग्रेस नेता गगन थापाले सरकार बनाउन दावी गर्ने निर्णय भएको जानकारी दिए। काँग्रेसको ६१, माओवादीको ४९, माधव समूहको २७ र जसपाको १२ जना गरी १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षीहरु राष्ट्रपति निवास शीतल निवास पुगेका हुन्।

उनीहरुले प्रस्तावित प्रधानमन्त्रीको नाम भने सार्वजनिक गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *