वर्षातले घर भत्कँदा महिलाको मृत्यु

दुल्लु । लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको जनाइएको छ ।
आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । रासस
प्रतिक्रिया
Facebook Comment