नयाँ सरकारः ओली र देउवा दुबैको दावी

डिसी नेपाल
७ जेठ २०७८ १६:५३

काठमाडौं। नयाँ सरकार बनाउनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुबैले सरकार बनाउन दावी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएकी थिइन्। समय सीमामै रहेर सरकारका लागि दावी पेश गरिएको हो।

प्रधानमन्त्री ओलीले एमाले र जसपाको समर्थनमा १५३ जना सांसदको समर्थन रहेको भन्दै दावी पेश गरेका छन्। उता देउवाले काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह र एमालेको माधव समूहको समर्थन्मा दावी गरेका छन्।

३९ जना सांसदहरुको हस्ताक्षर दुबैतर्फ प्रयोग भएकाले अब राष्ट्रपति भण्डारीले के निर्णय लिन्छिन् त्यो भने चासोको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *