राष्ट्रपतिसँग माधव नेपालले भने : म यहिँ छु मेरो हस्ताक्षर ओलीले कसरी बुझाउनु भयो ?

डिसी नेपाल
७ जेठ २०७८ १७:५५

काठमाडौं। नयाँ सरकार गठनका लागि वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपाको समर्थनमा र विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी पेश गरेका छन्।

दावी पेश गर्नेक्रममा दुबैतर्फ एमाले र जसपाका सांसदहरुको हस्ताक्षर प्रयोग भएको छ। विपक्षीहरुको तर्फबाट दावी पेश गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको पनि दावी आएको जानकारी गराएकी थिइन्।

त्यसपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनसँगै शीतल निवासमा आएको भन्दै आफ्नो हस्ताक्षर ओलीले कसरी बुझाउनु भयो भने प्रश्न गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए।

नेता नेपालले आफू संविधानको व्यवस्थाअनुसार नै हस्ताक्षर ल्याएर सरकार बनाउन दावी ल्याएर आएको बताएका थिए। त्यसपछि जसपाका एक अध्यक्ष उपेन्द्र यादवले पनि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले हस्ताक्षर बुझाउन नसक्ने बताएका थिए। उनले पार्टीको बहुमत आफूसँगै रहेको र सांसदहरु विपक्षी गठबन्धनमा रहेको भन्दै ठाकुरले बुझाएको हस्ताक्षरमा विश्वास नगर्न भनेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानअनुसार नै दावी गरिएको भन्दै संविधानअनुसार नै निर्णय हुने विश्वास व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *