कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
कञ्चनपुर । भीमदत्त–१८ सालघारीका २४ वर्षीया सरस्वती धामीको शुक्रबार कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । तीन दिनअघि माइत भीमदत्त–१९ खयरभट्टी गएका बेला कपडा सुकाउने क्रममा करेन्ट लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
“करेन्ट लागेर घाइते भएकी धामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो”, प्रवक्ता थापाले भने, “त्यही बेला करेन्ट लागेर घाइते भएका ५० वर्षीय गङ्गादेवी धामीको महाकाली अस्पतालमा उपचार हुँदैछ ।” प्रहरीका अनुसार गङ्गादेवी मृतक सरस्वतीकी आमा हुन् । प्रवक्ता थापाले घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment