प्रतिनिधिसभा विघटनपछि कांग्रेस पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
८ जेठ २०७८ ८:५७

काठमाडौं । नेपाली कांग्रेसले आज पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ। अहिले ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने बताइएको छ।

शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गराएपछि कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा भएको छ। निर्वाचन कात्तिक २६ गते र मंसिर ३ गते तोकिएको छ।

उक्त घोषणाको विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बस्न लागेको हो। सभापति देउवाले शुक्रबार प्रधानमन्त्रीका लागि दावी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *